सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालको भोट युक्रेनलाई

२०७८ फाल्गुन १७, ०६:४९ खबर संवाददाता

काठमाडौं : संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदमा नेपालले युक्रेनको पक्षमा भोट हालेको छ। सोमबार जेनेभामा भएको परिषदको बैठकमा राष्ट्रसंघका लागि युक्रेनका राजदूतले रूसी आक्रमणपछि युक्रेनमा भएको मानव अधिकारबारे आपतकालीन छलफल गर्नुपर्ने प्रस्ताव गरेका थिए।

तर विवाद भएपछि प्रस्तावमाथि मतदान भएको थियो। मतदानका क्रममा नेपालले युक्रेनको प्रस्तावमाथि छलफल हुनु पर्ने पक्षमा भोट दिएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्।
युक्रेनको प्रस्तावको पक्षमा २९ मत आएको थियो। यस्तै १३  देश अनुपस्थित भएका थिए भने ५ देशले विपक्षमा भोट हालेका थिए।
 

कमेन्ट लोड गर्नुस