सुदूर नेपाललाई विश्वसँग जोड्दै

घट्यो सुनको मूल्य

२०७८ फाल्गुन १७, ११:१५ खबर संवाददाता

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य ६०० रुपैयाँले घटेको छ। अघिल्लो तोलामा १६ सय रुपैयाँले बढ्दै ९८ हजार २०० रुपैयाँ पुगेको सुनको मूल्य मंगलबार ६०० रुपैयाँले घट्दै ९७ हजार ६०० रुपैयाँमा झरेको हो। यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ६०० रुपैयाँले नै घट्दै ९७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

यता चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा ५ रुपैयाँले मात्र घट्दै आज एक हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो चाँदी प्रतितोला एक हजार ३४० रुपैयाँमा कारोबार भएको थियो।

कमेन्ट लोड गर्नुस