दश वर्षमा साढे पाँच सय अपराध
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार जिल्लामा दश वर्षको अवधिमा साढे पाँच सय अपराधका घट्ना घटेका छन् । जनसंख्या बृद्धि सँगै जिल्लामा हरेक वर्ष अपराधका घट्ना बढ्दै गएको प्रहरीले जनाएको छ । आर्थिक वर्ष ०६४÷०६५ देखि ०७÷०७५ सम्म जिल्लामा ४ सय ४८ वटा अपराधिक घट्ना घटेका छन्। आर्थिक वर्षदेखि ०६४÷०६५ देखि ०६९÷०७० सम्म समान किसिमका अपराधीक घट्ना भएपनि ०७०÷०७१ देखि घट्नाहरु बढि देखिएका छन्। ०७०÷०७१ मा ४५ वटा, ०७१÷०७२ मा ५० वटा, ०७२÷०७३ मा ५२ वटा, ०७३÷०७४ मा ५६ वटा र आर्थिक वर्ष ०७४÷०७५ को चैत्र मसान्तसम्म ५८ वटा घट्ना अभिलेख गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख जनक बहादुर शाहीले बताए। गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा घट्ना सँख्या झनै बढ्ने देखिएको छ । पछिल्लो समय नागरिक सचेतना, जनसंख्या बृद्धि, न्यायप्रति नागरिकको विश्वास लगायतका कारण प्रहरीसम्म घट्ना दर्ता गराउने आउने प्रवृत्ति बढेको डिएसपी शाहीको भनाई छ।