देशभर पछिल्लो २४ घण्टामा १८० संक्रमित थपिए
काठमाडौंः देशभर पछिल्लो २४ घण्टामा १८० संक्रमित थपिएका छन्। ८ हजार ३४१ नमूना परीक्षण गर्दा १८० जनामा संक्रमण देखिएको हो। ५ हजार २१८ नमूनाको पीसीआर परीक्षण गर्दा ११९ जना र ३ हजार १२३ नमूनाको एन्टिजेन विधिबाट परीक्षण ६१ जनामा संक्रमण पुष्टि भउको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै सोही अवधिमा कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ। यस्तै आज थप ४०० जना कोरोनामुक्त भएका छन्। नेपालमा हाल कोरोना सक्रिय संक्रमितको संख्या ८ हजार २३५ छ। पछिल्लो २४ घन्टामा १ लाख ४१ हजार १२१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।