सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका पनेरु तीन दिनदेखि बेपत्ता

२०७८ फाल्गुन १६, ११:५८ खबर संवाददाता

धनगढी : कञ्चनपुरका नन्दराज पनेरु तीन दिनदेखि बेपत्ता भएका छन्। जिल्लाको दैजी निवासी ६२ वर्षीय पनेरु १४ गतेदेखि बेपत्ता भएका हुन्। १४ गते शनिबार साँझ ५ बजे दैजीबाट झलारीतर्फ जाने क्रममा उनी बेपत्ता भएको आफन्तले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले खोज तलासका लागि निवेदन आएको र खोजी भइरहेको जनाएको छ। कार्यालयले झलारीको प्रहरी टोली खोजीका लागि खटाएको जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस