संसद् भवन अगाडि शङ्कास्पद वस्तु भेटियो
२०७८ फाल्गुन १६, ११:५२
काठमाडौं : काठमाडौं संसद् भवन रहेको नयाँ बानेश्वरमा शङ्कास्पद वस्तु भेटिएको छ। संसद् भवनको अगाडि सडकको बीच भागमा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएको प्रहरीले जनाएको छ।
प्रहरीकाअनुसार मोटरसाइकलमा आएका एक व्यक्तिले त्यहाँ शङ्कास्पद वस्तु राखेर हिँडेका जानकारीमा आएको छ। सेनाको बम डिस्पोजल टोली त्यहाँ पुग्दैछ। शंकास्पद वस्तु भेटिएपछि उक्त क्षेत्रलाई सुरक्षा दिइएको छ ।
कमेन्ट लोड गर्नुस