सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा टायर बालेर प्रर्दशन, यात्रु अलपत्र

२०७८ फाल्गुन १६, १०:४५ खबर संवाददाता

धनगढी : बैतडीमा बन्दकर्ताहरुले टायर बालेर प्रर्दशन गरेका छन्। उनीहरुले सोमबार बिहानै गोठलापानी र साहीलेकमा टायर बालेर प्रर्दशन गरेका हुन्।

जिल्लाका अधिकांश बजारहरु बन्द गरिएका बताइएको छ। एमसीसी सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा ६ कम्युनिस्ट पार्टी र २ वटा मोर्चाले आज नेपाल बन्दको घोषणा गरेका हुन्। बन्दले गर्दा गाडी नचलेपछि यात्रुहरु अलपत्र परेका छन्। धनगढी र महेन्द्रनगरबाट दार्चुला सदरमुकामका लागि हिँडेका गाडीहरु दार्चुलाको गोकुलेश्वरमा रोकिएका छन्। 


 

कमेन्ट लोड गर्नुस