कैलाली काँग्रेस अधिवेशन : मतदान सकियो
धनगढी : नेपाली काँग्रेस कैलालीको अधिवेशनअन्तर्गत मतदात सम्पन्न भएको छ। आइतबार जिल्ला नेतृत्व चयनका लागि भएको भएको मतदात सम्पन्न भएको हो। २ हजार ५७६ प्रतिनिधिमध्ये २ हजार ४८५ मत खसेको छ।
निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले आजै रातिदेखि मतगणना सुरु गर्न छलफल भइरहेको दिनेशखबरलाई जानकारी दिए। जिल्ला समिति चयनका लागि संस्थापन पक्षबाट दुई र इतर पक्षबाट एक प्यानल चुनावी मैदानमा उत्रिएका छन्।
संस्थापन पक्षका नारायणदत्त भट्ट र प्रकाशबहादुर बम तथा इतर पक्षबाट रामबहादुर कलेलको सभापतिमा उम्मेदवार छन्।
भट्टको प्यानलबाट उपसभापतिमा भीम बडुवाल र रामप्रशाद चौधरी, सचिवमा केशव मिश्र र अमृत बिसी, सहसचिवमा रामसमझ राना र कलेसु चौधरीको उम्मेदवारी छ। यस्तै बम प्यानलबाट उपसभापतिमा खेमराज चौधरी र तेजशंकर भट्ट, सचिवमा नृप सुनार थर्क शाह, सहसचिवमा कृष्ण पाण्डेय र राजेन्द्र खड्काको उम्मेदवारी छ।
यस्तै इतर पक्षको कलेल प्यानलबाट उपसभापतिमा यज्ञनिधि कोइराला र लोकराज पाण्डेय, सचिवमा देवानन्द जैशी र नवराज जोशी, सहसचिवमा रविन्द्रप्रताप सिह र तीर्थराज जोशीको उम्मेदवारी छ। १२ जना भने निर्विरोध चयन भएका छन्।