सुदूर नेपाललाई विश्वसँग जोड्दै

जन्मदिनमा अछामका पत्रकार भण्डारीद्वारा अक्षयकोष स्थापना

२०७८ फाल्गुन १५, ०५:०९ खबर संवाददाता

धनगढीः अछामका पत्रकार सुशील भण्डारीले आफ्नो जन्मदिनको अवसरमा शैक्षिक अक्षकोषको स्थापना गरेका छन्। जिल्लाकै मालिका आधारभुत विद्यालयमा  ठुलासैनमा उनले यस्तो कोषको स्थापना गरेका हुन्। 

नेपाल प्रेस युनियन अछामका सचिव समेत रहेका भण्डारीले आइतबार परेको जन्मदिनमा विद्यालयमा २६ हजार ६ सय २६ रुपैंयाको अक्षयकोष स्थापना गरेका हुन्।

कमेन्ट लोड गर्नुस