भीम रावलले एमसीसीको विपक्षमा मतदान गर्ने
धनगढीः नेकपा (एमाले) का नेता भीम रावलले अमेरिकी सहायता परियोजना एमसीसीको विपक्षमा मतदान गर्ने भएका छन्। एमालेले भने यसअघि झैं सदन अवरोधलाई जारी राख्ने भएको छ।
रावलले आफ्नो यसअघिको धारणामा आफू अडिग रहेको बताउँदै विपक्षमा मतदान गर्ने बताए। ‘म मेरो यसअघिको अडानमा अडिग छु,’रावलले भने, ‘पार्टीले के गर्छ मलाई थाहा भएन, म एमसीसको विपक्षमा मतदान गर्छु।’
रावल संशोधन नगरि एमसीसी स्वीकार गर्न नहुने पक्षमा छन्।