सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा चट्याङ लागेर २ को मृत्यु, चार घाइते

। फोटो स्रोत ।
२०७५ माघ ८, ११:४६ खबर संवाददाता

डडेल्धुरामा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन्। फरक–फरक स्थानमा चट्याङ लागेर २ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा आलिताल गाउँपालिका–३ बागथलाका ३० वर्षीय हर्कबहादुर थापा र गन्याधुरा गाउँपालिका–५ गनेडा गाउँकी १२ वर्षीया रोशनी देउवा रहेका छन्। देउवाको उपचारका क्रममा डडेल्धुरा स्थित उप क्षेत्रीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। 
आलिताल गाउँपालिका वडा नम्वर ५ मा चट्याङ लागेर चार जना घाइते भएका छन्। स्थानीय हरिना भण्डारी, गोमती भण्डारी, मानबहादुर विष्ट, र मनिसा भण्डारी घाईते भएका हुन्। 
 

कमेन्ट लोड गर्नुस