काँग्रेस अधिवेशन : पछि हटे बडुवाल, भट्ट प्यानलबाट उपसभापतिमा उम्मेदवारी
धनगढी : नेपाली काँग्रेस कैलालीको जिल्ला अधिवेशअन्तर्गत आज मनोनयन दर्ता भइरहेको छ। जिल्ला सभापतिमा अहिलेसम्म तीन जनाको उम्मेदवारी परेको छ। संस्थापन पक्षका नारायणदत्त भट्ट र प्रकाशबहादुर बम तथा इतर पक्षबाट रामबहादुर कलेलको उम्मेदवारी परेको हो।
यस्तै जिल्ला सभापतिमा दाबी गर्दै आएका नेता भीम बडुवाल भने पछि हटेका छन्। उनले संस्थापन पक्षबाट सभापतिका उम्मेदवार नारायणदत्त भट्टको प्यानलबाट उपसभापतिमा उम्मदेवारी दिएका हुन्।
उनको प्यानलाट उपसभापतिमा रामप्रशाद चौधरी, सचिवमा केशव मिश्र र अमृत बिसी, सहसचिवमा रामसमझ राना र कलेसु चौधरीले उम्मेदवारी दिएका छन्।