यी कलाकार जो युद्धअगाडि युक्रेनमा थिए
एजेन्सीः युक्रेनमाथि रुसको आक्रमण जारी छ। रुसी आक्रमणमा सेना र सर्वसाधारणले ज्यान गुमाइरहेका छन्। युद्ध सुरु हुनुभन्दा केही समयअगाडिसम्म युक्रेनमा हिन्दी र तेलुगु फिल्मको छायांकन त्यहाँ भइरहेको थियो। नागा चैतन्य, रश्मिका मन्दाना, मृणाल ठाकुरलगायत कलाकारले सुटिङमा व्यस्त थिए।
फेब्रुअरी १२ सम्म अभिनेत्री मृणाल ठाकुर र रश्मिका मन्दानाले एक तेलुगु फिल्मको सुटिङ सकाएका थिए। नागा चैतन्यले फेब्रुअरी ५ सम्म ‘थ्याक्यू’को छायांकन गरिरहेका थिए। दुई महिनाअघि धर्मा प्रोडक्सन्सको फिल्म ‘जुग जुग जियो’का पूरै टिम त्यहाँ थियो।