सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा थप २४ जनामा कोरोना पुष्टि

२०७८ फाल्गुन १२, ०५:२१ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार ९३० जनाको एन्टिजेन र ३५ जनाको पीसीआर परीक्षण गर्दा आज २४ जनामा संक्रमण पुष्टि भएको हो।

निर्देशनालयका अनुसार प्रदेशमा ८ सय ३० जना सक्रिय संक्रमित पुगेका छन्। उनीहरुमध्ये १९ जनाको मात्रै अस्पतालमा उपचार भइरहेको छ भने अन्य सबै होम आइसोलेसनमा रहेका छन्।
 

कमेन्ट लोड गर्नुस