दार्चुलामा कानून मन्त्री बडूको घरमा ब्यानर, एमसीसी पास नगर्न चेतावनी
धनगढीः नेपाल सरकारका कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूको गृहजिल्ला दार्चुलामा रहेको घरमा ब्यानर टाँगिएको छ। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बडूको घरमा ब्यानर टाँगेका हुन्। जिल्ला सदरमुकाम खलंगास्थित महाकाली नगरपालिका वडा नम्बर ५ नमस्कारमा रहेको बडूको घरमा बिहिबार उनीहरुले दलाल मन्त्री मुर्दावाद लेखिएको ब्यानर टाँगेका छन्।
प्रहरी प्रशासनले भने यसबारे जानकारी नभएको जनाएको छ। यस विषयमा बुझिरहेको प्रहरीको भनाइ छ।