घोडाघोडी ताल क्षेत्रमा नियम विपरित संरचना निर्माण
अन्तराष्ट्रिय सम्पदाका रुपमा रहेको कैलालीको घोडाघोडी रामसार क्षेत्रमा नगरपालिकाले रामसार नीति विपरित संरचना निर्माण सुरु गरेको छ। घोडाघोडीको ओजुवा तालमा नगरपालिकाले ढुङ्गा सञ्चालनका लागि भन्दै भौतिक संरचना निर्माण सुरु गरेको हो। रामसार क्षेत्रमा भौतिक संरचना निर्माण गर्दा ईरानको रामसारसंग स्वकृति आवश्यक पर्ने हुन्छ। नेपाल सरकारले पनि कुनै भौतिक संरचना निर्माण गर्दा रामसारसंग अनुमति लिनुपर्ने हुन्छ। तर घोडाघोडी नगरपालिका भने अध्ययन विना भौतिक संरचना निर्माण गरिरहेको छ।
कैलालीको घोडाघाडी सिमसार क्षेत्रमा नगरपालिकाले नियम मिचेर भौतिक संरचना निर्माण सुरु गरेका हो। ओजुवा ताल क्षेत्रमा नगरपालिकाले डुङ्गा सञ्चालनका लागि एक करोड ४ लाख खर्च गरेर भौतिक संरचना निर्माण सुरु गरेको छ। भौतिक संरचना निर्माणका बिषयमा डिभिजन वन कार्यालय र सामुदायिक वन अन्यौलमा देखिएका थिए। तर अहिले भने, डिभिजन वन कार्यालय ओजुवा ताल रामसार क्षेत्रमा पर्ने भएकाले भौतिक संरचना निर्माण गर्न नहुने पक्षमा पुगेको छ। डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख दिपक ज्ञावालीले रामसार क्षेत्रमा संरचना निर्माण गर्न नदिने बताए।
उनले भने, ओजुवा तालमा निर्माण हुदै गरेका संरचनाका बिषयमा अन्यौलमा थियौ। मेयरसंग छलफल गर्दा पर्यटन बोर्डको रकमबाट ढुङ्गा सञ्चालनको तयारी भएको रहेछ। तर त्यो गर्न मिल्दैन। मैले यो बिषयका जानकारहरुसंग पनि यो बिषयमा जानकारी मागे। उनले भने।
सुरुमा डिभिजन वन कार्यालयले घोडाघोडी समुदायिक वनले माछापालनका लागि ड्याम निर्माण गरेको बताएको थियो। तर ओजुवा तालमा नगरपालिकाले पर्यटन बोर्ड मार्फत भौतिक संरचना निर्माण सुरु गरेको हो। घोडाघोडी नगरपालिकाको वडा नम्बर १, ४ र ८ मा पर्ने घोडाघोडी ताल क्षेत्रमा नियम विपरित नगरपालिका मार्फत भौतिक संरचना निर्माण भइरहेका छन्। विश्व सिमसार सूचिमा सूचिकृत घोडाघोडी क्षेत्रमा भौतिक संरचना निर्माण गर्न मिल्दैन्। तर नगरपालिकाले पनि अध्ययन विना एक करोड ४ लाखको लागतमा ओजुवा तालमा भौतिक संरचना निर्माण सुरु गरेको छ। घोडाघोडी समुदायिक वनका अध्यक्ष दिपक शाहले तालमा निर्माण गर्ने भौतिक संरचनाका बिषयमा कुनै जानकारी नभएको बताए। उनले भने, भौतिक संरचना निर्माण सुरु भएको छ। तर रकम कताबाट आएको हो। कस्ले निर्माण गर्दै हो यो बिषयमा सामुदायिक वनलाई जानकारी छैन।
विश्व रामसार सूचिमा सूचिकृत घोडाघोडी क्षेत्रको अतिक्रमण बढिरहेको छ। विश्वको सम्पदाका रुपमा रहेको यो क्षेत्रलाई स्थानीयले नबुझेर पनि पटक–पटक अतिक्रमण गर्ने गरेको जानकारहरु बताउँछन्। नेपाल सरकारले पनि भौतिक संरचना निर्माण गर्न नपाउने यो क्षेत्रमा विभिन्न बहानामा अतिक्रमणको प्रयास हुदै आएका छन्। घोडाघोडी रामसार क्षेत्रमा भौतिक संरचना निर्माण गर्नै पर्ने भएपनि नेपाल सरकारको समन्वयमा विश्व रामसार इरानलाई अनुमति माग्नुपर्ने हुन्छ। सिमसार क्षेत्रमा रहेका तालहरुमा पानी भर्नका लागि पनि अनुमति आवश्यक हुन्छ। त्यो पानीले रामसार क्षेत्रमा रहेका अन्य तालहरुमा पर्ने असरका बारेमा अध्ययन आवश्यक हुन्छ।
नगरपालिका वा कुनै पनि निकायले रकम र योजना हुदैमा तालमा भौतिक संरचना भने, अनुमति विना निर्माण गर्न पाउँदैनन्। तर घोडघोडी नगरपालिका वडा नम्बर १ का अध्यक्ष मनराज शाहीले नगरपालिकाको पर्यटन बोर्ड मार्फत भौतिक संरचना निर्माण सुरु गरेको बताए। उनले भने, घोडाघोडी ताल क्षेत्रमा पर्यटन व्यवसायलाई बढवा दिन तालमा ढुङ्गा सञ्चालन गर्ने उनको भनाई छ।