२५ सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं: सुनको मूल्य एकैदिन तोलामा २ हजार पाँच सय रुपैयाँले बढेको छ। बुधबार प्रतितोला ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ९९ हजार रुपैयाँ तोकिएको छ।
यस्तै तेजावी सुनको आजको कारोबार मूल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँ कायम भएको छ भने चाँदी पनि तोलामा ३५ रुपैयाँले बढेर १३ सय ५५ रुपैयाँ पुगेको छ। बुधबार तेजावी सुनको मूल्य तोलामा ९६ हजार रुपैयाँ थियो भने चाँदी १३ सय २० रुपैयाँमा कारोबार भएको थियो।