सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकाली तरेर भारतीय सेना नेपाल छिरेपछि...

२०७८ फाल्गुन ११, ०६:५२ खबर संवाददाता

धनगढी: दार्चुलामा भारतीय सेना अनुमतिबिना नै नेपाल प्रवेश गरेको छ। बुधबार भारतीय प्यारामिलिट्री फोर्सअन्तर्गतको गोर्खा रेजिमेन्ट सेनाका जवान महाकालीमा पौडी खेलेर नेपालतर्फ आएका हुन्।

जिल्लाको महाकाली नगरपालिका–४ मा महाकालीमा पौडी खेल्दै ढुंगामा डोरी बाँध्न रेजिमेन्टका जवान नेपाल प्रवेश गरेका थिए। उनीहरु नदीमा रेस्क्यु ट्रेनिङ गर्न पौडी खेलेर नेपालतर्फ आएको बुझिएको छ। उनीहरुले तालिमका लागि डोरी बाँध्न लाग्दा नेपाल प्रहरीले देखेको र नेपालतर्फ बाँधेको डोरी फुकाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। त्यसपछि उनीहरुलाई भारततर्फ पठाइएको दार्चुला प्रहरीका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले बताए।

महाकाली अन्तर्राष्ट्रिय सीमा नदी भएकोले नेपाल प्रवेश गर्न अनुमति लिनुपर्ने हुन्छ। तर भारतीय पक्षले आज कुनै जानकारी नदिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए।

कमेन्ट लोड गर्नुस