सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा स्याउ खेती फस्टाउँदै

२०७८ फाल्गुन ११, १२:४६ खबर संवाददाता

धनगढीः बाजुरामा स्याउ खेती फस्टाउन थालेको छ। जिल्लाको गौमुल गाउँपालिकाको आलु र सिमीको पकेट क्षेत्र मानिने अन्द्रेडीमा पछिल्लो समय सामूहिक स्याउ खेती फस्टाउन थालेको हो। गाउँपालिकाबाट झण्डै एक दिनको पैदल यात्रामा पुगिने अन्द्रेडी आलु र सिमीलाई गाउँपालिकाले पकेट क्षेत्र घोषणा गरेको छ। गौमुल गाउँपालिका १ मा रहेको अन्द्राडी गाउँ भौगोलिक हिसाबले दुर्गम मानिन्छ।

पछिल्लो समय यहाँका उब्जनी नहुने पाखाबारी स्याउ बगैँचामा परिणत भएका छन्। पछिल्लो समय भने गौमुल गाउँपालिका अन्द्राडी लगायत ग्रामीण भेगका किसान सामूहिक स्याउ खेतीमा तर्फ आकर्षित भएका छन्। स्याउ खेती गरेरै मनग्य आम्दानी हुने र यहाँका युवाहरुले रोजगारीका लागि विदेशीनु नपर्ने विश्वास स्थानीयले लिएका छन्। 
 

कमेन्ट लोड गर्नुस