सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रतितोला ५०० ले घट्यो सुनको मूल्य

२०७८ फाल्गुन ११, ११:५५ रासस

काठमाडौँ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ५०० ले ओरालो लागेर ९६ हजार ५०० तोकिएको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९७ हजार कारोबार भएको थियो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार तोकिएको छ। जसको मूल्य मङ्गलबार प्रतितोला ९६ हजार ५०० थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले बढेर एक हजार ३२० पुगेको महासङ्घले जनाएको छ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८९६ डलर आसपास कारोबार भइरहेको छ।
 

कमेन्ट लोड गर्नुस