सुदूर नेपाललाई विश्वसँग जोड्दै

टी ट्वान्टी महिला क्रिकेटः सुदूरपश्चिम प्रदेशको जीत

। फोटो स्रोत ।
२०७८ फाल्गुन १०, ०३:४० रासस

काठमाडौँ : ललितपुर वुमन्स च्याम्पियनशिपमा सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर्स–११ लाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा ललितपुर मेयर्स–११ लाई ५८ रनले पराजित गर्दै सुदूरपश्चिमले विजयी सुरुवात गरेको हो।

१४४ रनको लक्ष्य पछ्याएको मेयर्स–११ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८५ रन मात्र जोड्न सक्यो। मेयर्स–११ का लागि सरस्वती चौधरीले सर्वाधिक २६ रन जोडिन् भने साना प्रवीनले १५ रनको योगदान गरिन्। कञ्चन श्रेष्ठ १० रनमा आउट भइन्। सुदूरपश्चिमका लागि लक्ष्मी साउदले सर्वाधिक ३ विकेट हात पारिन् भने कविता कुवँरले दुई विकेट लिइन्। ईश्वरी विष्ट र सम्झना खड्काले एक–एक विकेट लिए। 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४३ रनको योगफल बनाएको थियो। सुदूरपश्चिमका लागि कप्तान रीतु कनौजियाले सर्वाधिक ४२ रनको योगदान गरिन्। रीतुले २९ बल खेल्दा ६ चौका प्रहार गरिन्। त्यसैगरी रेवती ढकालले २९, विन्दू रावलले २८ तथा डोली भट्टले २५ रन जोडे।

मेयर्स–११ का लागि खुसी डङ्गोलले सर्वाधिक २ विकेट लिइन् भने अनुराधा चौधरी, आरती विडारी र अस्मिना कर्माचार्यले एक–एक विकेट लिए। प्रतियोगितामा प्रदेश नं १, सशस्त्र प्रहरी बल ९एपिएफ०, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र आयोजक ललितपुर गरी पाँच टोलीको सहभागिता रहेको छ। 
 

कमेन्ट लोड गर्नुस