सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा भित्रियो ‘अटोमेटिक पानीपुरी मेशिन’

२०७८ फाल्गुन १०, ११:४३ खबर संवाददाता

धनगढी: धनगढीमा ‘अटोमेटिक पानीपुरी फिलिङ मेशिन’ ल्याएर व्यवसाय सुरु गरिएको छ। कैलालीका सुनिल चौधरी र अञ्जली चौधरीले क्याम्पस रोडमा मेसिनसहित ‘द पानीपुरी सेन्टर’ सञ्चालनमा ल्याएका हुन्।   

५ लाखको लगानीमा धनगढीमा पहिलोपटक आधुनिक सुविधासहितको पानीपुरी सेन्टर सञ्चालनमा आएको सञ्चालकले गरेका दाबी छन्। सञ्चालक सुनिल चौधरीले भने, ‘अहिले धनगढीमै कसैसँग नभएको अटोमेटिक पानीपुरी मेशिन हामीले ल्याएका छौँ। मेसिन, पानीपुरीमा हाल्ने फ्लेबर र सबै गर्दा ५ लाखसम्म लागानी लागेको छ।’

उनीहरुले आफ्नो जागिर छोडेर यो व्यवसाय संञ्चालन गरेको बताएका छन्। ‘सहकारीमा जागिर थियो। त्यता काम गर्ने मन लागेन र यो व्यवसाय सुरु गर्‍या,’ चौधरीले भने, ‘अञ्जलीले पनि आफ्नो कृषि ज्ञान केन्द्रको करारमा जागिर छाडेर यसमा लाग्नुभएको छ।’

आफ्नो काममा बढी जागर लाग्ने अञ्जली चौधरीले भनाई छ। उनले भनिन् ‘यो आफ्नै काम भयो। जति बेला मन लाग्छ खोल्छौं, जति बेला मन लाग्छ बन्द गर्छौ। अहिले भरखरै सुरुवात गरेका छौ, बिस्तारै व्यवसाय लयमा आउँछ।’ उनका अनुसार पसलमा अहिले पानीपुरीका पारखीहरुको भिड बढ्ने क्रममा छ। 

 

कमेन्ट लोड गर्नुस