सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा टिप्पर दुर्घटना : थप एक जनाको मृत्यु

२०७८ फाल्गुन १०, ०८:०५ खबर संवाददाता

धनगढी : बैतडीमा टिप्पर दुर्घटना हुँदा घाइते भएका थप एक जनाको मृत्यु भएको छ। उपचारका लागि डडेल्धुरा अस्पताल लगिएका पाटन नगरपालिका-३ का १२ वर्षीय राजेश पन्तको सोमबार नै मृत्यु भएको प्रहरीले बताएको छ।

घाइते चार जनामध्ये तीन जना डडेल्धुरा अस्पतालबाट डिस्चार्ज भएका र एक जनालाई धनगढी रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले बताए। यसअघि घाइतेमध्ये परिचय नखुलेका भनिएका पाटन -३ कै २० वर्षीय सन्दीप विष्टलाई धनगढीस्थित नोभा अस्पताल रिफर गरिएको र उनको उपचार भइरहेको निरीक्षक खड्काले बताए। 

सोमबार जिल्लाको पाटन नगरपालिका वडा नम्बर ३ गुरुडाबाट पाटनतर्फ जाँदै गरेको बा ३ ख ४८७९ नम्बरको टिप्पर दुर्घटना भएको थियो। दुर्घटनामा दुई जना विद्यार्थी र एक अन्य गरी तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने पाँच जना घाइते भएका थिए। 

कमेन्ट लोड गर्नुस