सुदूरपश्चिम प्रदेश सभा स्थापना दिवसमा चियापान
सुदूरपश्चिम प्रदेश सभाको स्थापना दिवसको अवसरमा चियापान कार्यक्रमको आयोजना गरिएको छ। सुदूरपश्चिम प्रदेश सभाले माघ ७ गते स्थापना दिवसका अवसरमा आज चियापन कार्यक्रमको आयोजना गरेको हो। सभामुख अर्जुनबहादुर थापा सभापति रहेको चियापन कार्यक्रमका सुदूरपश्चिमका मुख्य मन्त्री त्रिलोचन भट्ट, मन्त्रीहरु, उपसभामुख, प्रमुख सचेतक तारालामा तामाङ, संसदीय दलका नेता डा.रणबहादुर रावल लगायत प्रदेश सभाका सदस्यहरुको सहभागिता रहेको थियो। गत बर्ष आजकै दिन सुदूरपश्चिम प्रदेश सभा स्थापना भएको थियो।