सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुलहासहित ९ जना जन्ती बोकेको कार नदीमा खस्यो

२०७८ फाल्गुन ८, ०१:०७ खबर संवाददाता

काठमाडौंः भारतको राजस्थानको कोटामा आइतबार बिहान ठूलो दुर्घटना भएको छ। दुलहासमेत ९ जन्तीलाई लिएर गइरहेको तीब्र गतिको कार चम्बल नदीमा खस्यो। दुर्घटनामा सबैको मृत्यु भयो। घटना नयापुरा नजिकै ‘छोटी पुलिया’ मा भएको हो। सूचना पाउने बित्तिकै प्रहरी र निगमको गोताखोरको समूह घटनास्थलमा पुग्यो। उद्दारकार्य चलाइयो। नदीमा डुबेका सबैको शव बाहिर निकालिएको छ।

जन्ती चौथको बरवाडाबाट उज्जैनका भैरुनालाको हरिजन बस्ती जाँदै थियो। सबै ९ जना एउटै कारमा सवार थिए। निगम गोताखोर विष्णु श्रृंगीका अनुसार दुर्घटना बिहान साढे पाँच बजे भएको थियो। पैदल यात्रुले चम्बल नदीमा कार पल्टिएको देखे। त्यसपछि निगमको गोताखोरको समूह घटनास्थल पुग्यो । क्रेनको मद्दतले कार बाहिर निकालियो।

मृतकमा दुलहा अविनाश वाल्मिकी पनि समावेश छन्। परिवारले दिएको जानकारी अनुसार कारमा अविनाशसँग साथी र केही आफन्त थिए। उनीहरुसँग जन्तीको एउटा बस पनि गइरहेको थियो जुन अगाडि गइसकेको थियो। यो बसमा ७० जना सवार थिए। उनीहरु बरवाडाबाट २ बजे हिँडेका थिए। त्यसपछि सबैजना केशोरायपाटनमा चिया पिउनका लागि बसे। त्यसपछि बस अघि बढ्यो। जब बसले कोटा पार गरिसकेको थियो तब त्यसमा सवार जन्तीलाई कार त निकै पर भएको भान भयो। त्यसपछि केही मानिसले कार चम्बलमा नै दुर्घटनाग्रस्त भएको जानकारी जन्तीलाई दिए।

कमेन्ट लोड गर्नुस