दार्चुलामा मिलमा बेरिएर एक जनाको मृत्यु
२०७८ फाल्गुन ८, ११:४५
धनगढी : दार्चुलामा मिलमा बेरिएर एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार जिल्लाको शैल्यशिखर नगरपालिका-६ पनेबाजमा मिलमा बेरिएर अन्दाजी ५० वर्षीय धनसिंह धामीको मृत्यु भएको हो।
आइतबार (आज) बिहान करिब ९ बजेतिर आफ्नै मिलमा अन्न पिध्ने क्रममा मिलको फितामा बेरिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
कमेन्ट लोड गर्नुस