डोटीमा वडाध्यक्ष नै ‘अति गरिब’को सूचीमा
चुनाव जितेपछि बनाएका थिए पक्की घर
धनगढीः डोटीमा वडा अध्यक्ष नै गरिबको सूचीमा समेटिएका छन्। जिल्लाको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष डम्मरबहादुर घर्ती मगरको नाम ‘अति गरिब’को सूचीमा समेटिएको भेटिएको हो।
परिवार पहिचान सर्वेक्षणमा आधारित गरिब घर परिवारको सूची संकलन गर्दा वडा नं १ का बासिन्दा डम्मर अति गरिबमा परेका हुन्। तर, उनको आर्थिकस्तर तथा अवस्था भने त्यस्तो छैन। उनले चुनाव जितेर वडाध्यक्ष भएपछि मात्रै वडा कार्यालय नजिकै २ तले पक्की घर बनाएको बताइएको छ।
यता, वडाध्यक्ष घर्ती मगरले भने यसबारे आफूलाइ खासै जानकारी नभएको दाबी गर्दै सूची संसोधन गरिने दिनेशखबरलाइ बताए। उनले संकलकले त्रुटी गरेको आरोप लगाउदै आफू गरिब नभएको बताए। उनी माओवादी केन्द्रका नेतासमेत हुन्। उनी पार्टीको केन्द्रीय सदस्य हुन्।