सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका एक युवा १६ दिनदेखि बेपत्ता

२०७८ फाल्गुन ६, १०:१६ खबर संवाददाता

धनगढी : धनगढीका एक युवा बेपत्ता भएका छन्। दाइको विवाहका लागि चितवनबाट माघ २० गते धनगढी आएका युवा बेपत्ता भएका हुन्। 

धनगढी उपमहानगरपालिका– ५ हसनपुरका २२ बर्षिय रघुनाथ ओझा १६ दिनदेखि बेपत्ता भएको प्रहरीले जनाएको छ। 

रघुनाथका दाई खेम राज ओझले माघ २७ गते घरमा विवाहका लागि आएका भाइ अहिले सम्म परिवारको सम्पर्कमा नआएको बताए। जिल्ला प्रहरीका कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक रविन विष्ट पनि ओझा बेपत्ता भएको बताए। ‘परिवारले निवेदन दिएका छन्,’ उनले भने, ‘उनको खोजी कार्य भइरहेको छ।’
 

कमेन्ट लोड गर्नुस