सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा ट्र्याक्टरले किच्दा बालकको मृत्यु

२०७८ फाल्गुन ५, ०५:५६ खबर संवाददाता

अछाम: अछाममा ट्र्याक्टरले किच्दा एक बालकको मृत्यु भएको छ। रामारोशन गाउँपालिका–५ स्थित सडकमा ट्र्याक्टरले किच्दा सोही ठाउँ बस्ने अम्मरबहादुर साउदका छोरा ९ महिनाका खेमराज साउद मृत्यु भएको हो।

बुधबार सुदूरपश्चिम प्रदेश ०१–००२ त ५१७० नम्बरको ट्र्याक्टरले किच्दा बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। प्रहरीले ट्र्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस