डोटीमा विद्यालयमा सडक पुगाएपछि नेता बमलाई सम्मान
२०७८ फाल्गुन ४, ०३:१६
धनगढीः डोटीमा विद्यालयमा सडक पुगाएपछि नेता केशब बमलाई सम्मान गरिएको छ। जिल्लाको बडिकेदार गाउँपालिका-२ स्थित देवेश्वर आधारभुत विद्यालयमा सडक पुगेपछि स्थानीयद्वारा सम्मान गरिएको हो।
तरुण दल बडिकेदारका अध्यक्ष बमको सक्रियतामा सडक निर्माण गरिएको बताइएको छ। यस्तै बमको आफ्नै लगानीमा मात्रै २५० मिटर सडक निर्माण गरिएको छ। सडक विस्तारपछि विद्यार्थीलाइ आवतजावतमा सहज भएको छ।
कमेन्ट लोड गर्नुस