सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा श्रीमती बलात्कारका अभियुक्तलाई साढे तीन वर्ष कैद

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर
२०७८ फाल्गुन ३, ०२:५६ खबर संवाददाता

धनगढी : गर्भवती श्रीमतीलाई कुटपिट र यातना दिई बलात्कार गरेको अभियोग लागेका अछामका युवकलाई साढे तीन वर्ष कैदको फैसला भएको छ। उच्च अदालत दीपायलले बैवाहिक बलात्कारका आरोपितलाई तीन बर्ष ६ महिना कैद सजाय सुनाएको हो। 

२०७७ असोज २३ गते सुतिरहेको अवस्थामा आफूलाई बलात्कार गरेको भन्दै महिलाले श्रीमानविरुद्ध जाहेरी दिएकी थिइन्। पीडितका साक्षीका रुपमा छिमेकीहरुले जबर्जस्ती करणी भएपछि गुहार मागेको भनी बयान दिएका थिए। तर युवकले भने सहमतिमै यौन सम्पर्क गरेको बयान दिएका थिए।

०७७ माघ २६ गते जिल्ला अदालत अछामले पीडितका श्रीमानलाई सफाइ दिएको थियो। सोमबार उच्च अदालत दिपायलका का.मु.मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश जगतबहादुर थापाको इजलासले जिल्ला अदालतको उक्त फैसला उल्ट्याउँदै कैदको फैसला गरेको हो।

कमेन्ट लोड गर्नुस