सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको आलिताल गाउँपालिकाका किसानलाई कृषि यन्त्र वितरण

२०७८ फाल्गुन ३, १२:०१ खबर संवाददाता

मनोज रावत/डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिकाका किसानलाई कृषि यन्त्र वितरण गरिएको छ। गाउँपालिका र यूएनडिपी, सिड्स नेपालको पूर्ण अनुदानमा उत्कृष्ट र अगुवा कृषकलाई विभिन्न सामग्री वितरण गरिएको हो। 
वडा नम्बर ८ का २० जना र वडा नम्बर ३ का १५ जना कृषकलाई घाँस काट्ने मेसिन, ह्याचिङ मेसिन र चुक पेल्ने मेसिन लगायतका कृषि सहजीकरण यन्त्रहरु वितरण गरिएको गाउँपालिकाले जनाएको छ।

सिड्स नेपालले पहिलो चरणको कोरोना महामारीमा प्रभावित भएका नागरिकहरुलाई जर्सी गाई र कुखुरा लगायत वितरण गर्दै आएको छ। सोमबार वितरण कार्यक्रममा सम्बोधन गर्दै सिड्स नेपाल डडेल्धुराका परियोजना प्रमुख देविलाल उपाध्यायले कोरोना महामारीका कारण प्रभावित भएका नागरिकहरुलाई विगतदेखि नै आर्थिक उत्थानका लागि सहयोग गर्दै आएको बताए।

कार्यक्रममा बोल्दै कृषक मानबहादुर बोहराले कृषकले उत्पादन गरेका चिजबस्तुको उचित बजार व्यवस्थापन नभएको गुनासो गरेका छन्। उनले कृषकहरुलाई आर्थिक उत्थानका लागि सहयोग प्राप्त भएकोप्रति आभार व्यक्त समेत गरेका थिए।  


 

कमेन्ट लोड गर्नुस