डोटीमा एक व्यक्तिको शव फेला
२०७८ फाल्गुन २, ०७:१०
धनगढी : डोटीमा एक व्यक्तिको शव फेला परेको छ। जिल्लाको दीपायल सिलगढी नगरपालिका ५ मा नाम, थर र बतन नखुलेका एक व्यक्तीको शव फेला परेको हो।
बाटो नभएको ठाउँमा गएर लडेर मृत्यु भएको हुनसक्ने डोटी प्रहरी प्रवक्ता भोला भट्टले बताएका छन्।
कमेन्ट लोड गर्नुस