कोरोनाबाट थप १४ जनाको मृत्यु, २४०१ जनामा संक्रमण पुष्टि
२०७८ माघ २६, ०५:२४
काठमाडौंः पछिल्लो २४ घण्टामा २४०१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ३५६ जनाको नमुना परीक्षण गर्दा २४०१ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७,७७७ जना संक्रमणमुक्त भएका छन् भने १४ जनाको मृत्यु भएको छ।
कमेन्ट लोड गर्नुस