सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका स्थानीय तहका विकासे आयोजनाहरुको कार्यान्वयनमा ढिलाई

आधा वढी आयोजनाको सम्झौता हुनै बाँकी

२०७५ माघ ४, १२:०८ रोशन भट्ट

कैलालीका स्थानीय तहबाट छनोट भएका विकासे आयोजनाहरुको सम्झौता गर्नमा ढिलाई भईरहेको छ । वडा स्तरबाट सम्पन्न हुने विकास निर्माणका योजनाहरु सम्झौताको चरणमा गएर काम सुरु भईरहेको भएपनि ठूला योजनाको सम्झौता गर्न बाँकी रहेको हो । टेण्डर मार्फत काम गरिने योजनाहरुको पनि प्रक्रिया लामो हुने गरेको भन्दै स्थानीय तहहरुले सम्झौता गर्न ढिलाई गरिरहेका हुन । गाउँ सभा बाट आएका योजनाहरुको छनोट गरी विकास निर्माणका योजनाहरु सुरु हुने गर्दछन । तर आर्थिक वर्षको आधा समिय वितिसक्दा पनि  स्वीकृत भएका आधा वढी योजनाहरुको सम्झौता गर्न बाँकी रहेको कैलालीका स्थानीय तहहरुले जनाएका छन् । 

उपभोत्ता समितिद्धारा संचालित योजनाहरुको सम्झौता भएर काम सुरु गरिएको भएपनि टेण्डर प्रक्रियाबाट संचालित हुने योजनाहरुको सम्झौता हुन नसकेको हो । आर्थिक वर्षको अन्त्यमा कामको लागि तातिने निकायहरु बाकी समयमा काममा सक्रिय भएर लागेका देखिएका छैनन् । आर्थिक वर्ष सकिने लाग्दा सम्झौता गर्ने प्रवृतिले गर्दा विकास निर्माणमा सधै ढिला हुने गरेको छ । कैलालीको गौरीगंगा नगरपालिकाका मेयर भीम देउवा आयोजना कार्यान्वयनका लागि पहल गरिरहेको बताउँछन् । 

अहिले ३० लाखसम्मका योजनाहरु स्थानीय तहहरुले उपभोत्ता समिती मार्फत काम गराईरहेका छन भने त्यो भन्दा ठूलो बजेट भएका योजनाहरु टेण्डर मार्फत काम भईरहेका छन । धनगढी उप–महानगरपालिकामा मात्र छनोट भएका योजनाहरु मध्ये ४० प्रतिसत योजनाको सम्झौता हुन बाकी  छ । अन्य स्थानीय तहहरुमा ठूलो बजेटका योजनाहरु धेरै नभएको भएपनि भएका योजनाहरुको पनि  सम्झौता भएको छैन । टेण्डरको प्रक्रियम लामो हुने भन्दै स्थानिय तहहरुले योजनाको सम्झौतामा नै ढिलाई गरिरहेका छन । धनगढी उप–महानगरपालिकाका मेयर नृप वड आयोजनाहरुको सम्झौताको प्रक्रियामा अगाडी वढेको र अव कामले तिव्रता पाउने बताउँछन्  ।

कैलालीकै कतिपय स्थानीय तहहरुले साना योजनाको काम समपन्न गरिसकेका छन भने कतिपय स्थानीय तहहरु सम्झौताको चरणमा समेत पुगेका छैनन । गोदावरीमा पनि साना ५७ योजना समापन भईसकेका छन भने ८३ योजनाहरु संचालनमा रहेका छन । ठूला योजनाहरु भने सम्झौताको चरणमा गएका छैनन । स्थानीय सरकार आएसंगै गाउँ–गाउँमा सिंहदरवार आएको नारा लगाएको भएपनि विकास निर्माणको योजना सम्झौतामा समेत पहिले भन्दा कुनै फेरवदल हुन सकेको छैन । 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस