सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश नं १ को कोरोना अपडेट

२०७८ माघ २५, ०८:१६ रासस

विराटनगर: प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा छ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार मृत्यु हुनेमा पाँच महिला र एक पुरुष रहेका छन्। 

प्रदेशमा सोही अवधिमा २७४ जनामा कोरोना सङ्क्रमण भएको छ। मन्त्रालयका अनुसार ५९३ को पीसीआर परीक्षण गर्दा १२८ र ५३६ जनाको एन्टिजेन परीक्षण गर्दा १४६ मा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेशमा आज  ३८१ कोरोना सङ्क्रमण मुक्त भएका छन्। प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ३७३ रहेको मन्त्रालयले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस