सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशभर पछिल्लो २४ घण्टामा १ हजार ९५७ संक्रमित थपिए, ११ जनाको मृत्यु

२०७८ माघ २५, ०५:५७ खबर संवाददाता

धनगढी : देशभर पछिल्लो २४ घण्टामा १ हजार ९५७ कोभिड–१९ का संक्रमित थपिएका छन्। कोभिड–१९ को संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । १ हजार ९५७ जनामा संक्रमण पुष्टि भएको छ । देशभर १२ हजार ६९२ नमुना परीक्षण गर्दा १ हजार ९५७ जनामा संक्रमण देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ८ हजार ५८७ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८४ र चार हजार १०५ जनाको एन्टीजेन परीक्षण गर्दा ७७३ गरी एक हजार ९५७ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै पछिल्लो २४  घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यसैगरी पछिल्लो २४ घण्टामा पाँच हजार १०३ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३६ हजार १८१ संक्रिय संक्रमित छन्। ३४ हजार ९८३ संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने एक हजार १९८ जना संस्थागत आइसोलेसनमा छन्।

उनीहरुमध्ये २५६ जनाको आईसीयू र ३८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस