सुदूर नेपाललाई विश्वसँग जोड्दै

नर्सिङ लाइसेन्सको परीक्षा चैत १२ गते

२०७८ माघ २५, १२:२२ खबर संवाददाता

काठमाडौं: नेपाल नर्सिङ परिषद्ले नर्सिङ तथा मिडवाइफ्रि लाइसेन्स परीक्षा आगामी १२ चैतमा गर्ने भएको छ। परिषद्ले परीक्षामा सहभागी हुनका लागि (२६ माघ) भोलि देखि २६ फागुनसम्म फारम खुलाउँदै छ।

परिषदले तोकिएको समयमा फारम भर्न छुटेकाहरुले दोब्बर दस्तुर तिरेर २७ फागुन देखि ३ चैतसम्म भर्न सक्ने जनाएको छ। परीक्षामा सहभागी हुनका लागि नर्सिङ तर्फ पीसीएल नर्सिङ र बीएस्सी नर्सिङ तथा मिडवाइफ्री तर्फ बीएमएस पास गरेको हुनुपर्ने बताइएको छ।

कमेन्ट लोड गर्नुस