सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा २ जना फरार प्रतिवादी पक्राउ

२०७८ माघ २४, ०३:४५ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा प्रहरीले २ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। सवारी ज्यान मुद्दामा दोषी बेदकोट नगरपालिका–७ जयराज पनेरु र लागूऔषध फेनारगन मुद्दाका दोषी भीमदत्त नगरपालिका– १८ का पप्पु सुनार पक्राउ परेका हुन्।

पनेरुलाई यहि असोज १० गते २ गते जिल्ला अदालत कञ्चनपुरले २ वर्ष १ महिना कैद र २८ हजार जरिमानाको सजाय सुनाएको थियो। यस्तै २०७६ फागुन २२ गते सुनारलाई १ महिना १५ दिन कैदको सजाय सुनाइएको थियो। 
पक्राउ परेका दुवै जनालाई जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

कमेन्ट लोड गर्नुस