मान्य हुन्न रैछ !
भोगेकाले पीडा बुझ्छन् भन्ने हुन्न रैछ
धोकालाई साँचो साथ मान्य हुन्न रैछ ।
गलत भइदिन्छन् कहिलेकाहीँ
मनबाटै स्वीकारिएका कुरा
मनको निर्णय सही नै हुन्छ भन्ने हुन्न रैछ
धोकालाई साँचो साथ मान्य हुन्न रैछ ।
नियति नै ठगिने भइदिएपछि
आफ्नाले नै छोडेर गइदिएपछि
भाग्यले सब सही गर्छ भन्ने हुन्न रैछ
धोकालाई साँचो साथ मान्य हुन्न रैछ ।
मनभरी अनेक पीडा खेप्दाखेप्दै पनि
मान्छेपिच्छे फरक व्यवहार देख्दादेख्दै पनि
सबैमाथि विश्वास गर्नुपर्छ भन्ने हुन्न रैछ
धोकालाई साँचो साथ मान्य हुन्न रैछ ।
भगवान लेख्छन् सबैको नसिव भन्छौँ हामी
जे हुन्छ राम्रै हुन्छ भन्दै रम्छौँ हामी
भगवानले सबै राम्रै लेख्छन् भन्ने हुन्न रैछ
धोकालाई साँचो साथ मान्य हुन्न रैछ ।