सुदूर नेपाललाई विश्वसँग जोड्दै

नव निर्वाचित पदाधिकारी प्रचार प्रसार सामाग्री हटाउँदै

२०७५ माघ २, ०१:१२ रोशन भट्ट

कैलाली उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्य समितिले चुनाव अगाडी प्रचार प्रसारका लागि बजारका विभिन्न ठाउँमा टाँसेका पर्चा  पप्लेटहरु सफाई गरेका छन्।  आफुले गरेको फोहर आफैले सफा गर्नुपर्छ भन्ने उद्देश्यका साथ सो पर्चा पम्प्लेटहरु सफा गरिएका हुन्। धनगढीको मुख्य बजार ट्राफिक चौराहादेखि सेतोपुलसम्म आज सरसफाई गरिएको हो । बाँकी रहेको क्षेत्रमा भोली पनि सफा गरिने कैलाली उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्य समितिका सचिव सिद्धराज पनेरुले बताए।   
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस