गण्डकीमा ३८२ सङ्क्रमित थपिए
गण्डकी: गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ३८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। प्रदेशअन्तर्गतका विभिन्न अस्पताल तथा प्रयोगशालामा गरिएको पिसीआर र एन्टिजेन परीक्षणबाट सबैभन्दा बढी कास्की जिल्लामा १३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
त्यस्तै यस अवधिमा लमजुङमा ६८ जना, तनहुँमा ५३ जना, स्याङ्जामा ३७ जना, म्याग्दीमा ३४ जना, बागलुङमा २३ जना, गोरखामा १७ जना, नवलपरासीपूर्वमा नौ जना, पर्वतमा पाँच जना, मनाङमा दुई जना र मुस्ताङमा एक जनामा कोरोना सङ्क्रमण देखिएको प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए। प्रदेशमा पाँच हजार ८७७ जना कोरोना सङ्क्रमित होम आइसोलेसनमा रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।