सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा महाकालीमाथि मोटरेबल पुल बनाउन भारतसँग सम्झौता

२०७८ माघ १८, ०५:४१ खबर संवाददाता

काठमाडौं: दार्चुलाको महाकाली नदीमाथि मोटरेबल पुल बनाउन भारत र  नेपालबीच सम्झौता भएको छ। मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ र काठमाडौंस्थित भारतीय राजदूत विनयमोहन क्वात्राले पुल निर्माणसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। भारतले अनुदानमा पुल बनाउने सचिव श्रेष्ठले बताए।

भारतीय पक्षले महाकाली नगरपालिका–८ असिगडामा पुल निर्माणका लागि डिपीआर तयार भइसकेको र छिटै काम सुरू हुने जानकारी दिएको श्रेष्ठले बताए।


 

कमेन्ट लोड गर्नुस