एसएस फाउन्डेसनद्वारा डोटीको विद्यालयलाई झोला सहयोग
काठमाडौँ : एसएस फाउन्डेसनले डोटीको झिमे मालिका माध्यामिक विद्यालयलाई ८०० स्कुल झोला सहयोग गरेको छ। डोटीको केआई सिंह गाउँपालिका–४ मा अवस्थित सो विद्यालयलाई फाउन्डेसनले सहयोग गरेको हो।
फाउन्डेसनबाट उपलब्ध झोला राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपति शमशेर जबराले स्थानीय समाजसेवी रणबहादुर बलायरलाई हस्तान्तरण गरे। फाउन्डेसनका अध्यक्ष तथा वरिष्ठ कलाकार मदनदास श्रेष्ठको अगुवाइमा देशका विभिन्न स्थानमा सहयोग उपलब्ध हुँदै आएको छ।
फाउन्डेसनले कोरोना भाइरसको पहिलो र दोस्रो लहरमा देशका विभिन्न स्थानमा स्वास्थ्य सामग्री सहयोग गरेको थियो। फाउन्डेसनका अध्यक्ष श्रेष्ठले आगामी दिनमा पनि पनि देश भरी एसएस फाउन्डेसनले आपतविपतको बेला सहयोग गर्ने बताए।