सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा ट्र्याक्टरले किचेर एकजनाको मृत्यु

२०७८ माघ १७, ०४:४३ खबर संवाददाता

अछाम: अछाममा ट्र्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। जिल्लाको पन्चलदेवल विनायक नगरपालिका– ६ मा सोही ठाउँका २२ वर्षीय लोकेन्द्र अधिकारीले चलाएको सुपप्र ०१००२त ५९४१ नम्बरको ट्र्याक्टरले किच्दा किरण रावलको मृत्यु भएको हो।

 सोही ट्र्याक्टरमा सवार किरण खस्दा उनलाई टायरले किचेको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ। दुर्घटनामा घाइते भएका उनको उपचारका लागि कोहलपुर मेडिकल कलेज लैँजादै गर्दा मृत्यु भएको बताइएको छ। प्रहरीका अनुसार ट्र्याक्टर र चालक लोकेन्द्र अधिकारीलाई नियन्त्रणमा लिइएको छ।  


 

कमेन्ट लोड गर्नुस