प्रतितोला ४०० ले घट्यो सुनको मूल्य
काठमाडौँ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ४०० ले घटेर ९१ हजार ८०० तोकिएको छ। अधिल्लो दिन पहेँलो धातु प्रतितोला ९२ हजार २०० मा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ३०० छ। जसको मूल्य गत आइतबार प्रतितोला ९१ हजार ७०० थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १०ले घटेर एक हजार २४०मा आएको महासङ्घले जनाएको छ। अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७८७ डलर आसपास कारोबार भइरहेको छ।