सुदूर नेपाललाई विश्वसँग जोड्दै

नवनिर्वाचित पदाधिकारीको शपथ ग्रहण तथा पदस्थापना

२०७५ पुष ३०, ०७:०५ खबर संवाददाता

कैलाली उद्योग बाणिज्य संघका नव निर्वाचित पदाधिकारीहरुको शपथ ग्रहण तथा पदस्थापना गरिएको छ। विभिन्न १८ पदमा विजयी पदाधिकारी र सदस्यहरुलाई आज संघको सभाहलमा पदस्थापना र पदभार ग्रहण गराईएको हो। निर्वाचन समितीका संयोजक यादव भण्डारीले निर्वाचित पदाधिकारीहरुलाई शपथ खुवाएका हुन्। अध्यक्ष पुष्पराज कुँवर, उपाध्यक्ष उद्योगमा पुष्कर ओझा, उपाध्यक्ष वाणिज्यमा गगन केसी, उपाध्यक्ष वस्तुगतमा शिवराज कुँवर महासचिवमा ओम विष्ट कोषाध्यक्षमा  भिमराज ओझा ’अव्वु’ सचिवमा सिद्धराज पनेरुले शपथ तथा पदभार ग्रहण गरेका हुन्।

यस्तै ११ जना सदस्यहरुलाई पनि शपथ ग्रहण तथा पदस्थापना गरिएको छ । केशवराज जोशी, राधिकाकुमारी चौधरी, मनोज अग्रवाल, तिलक चन्द्र खतिवडा, सुरेन्द्रकुमार बोहोरा, महेन्द्रकुमार सिंह, तिलकबहादुर वोहोरा, रवि कुँवर, श्यामराज जोशी र रुपेश खड्कालाई पनि पदस्थापना गरिएको हो । कार्यक्रममा विजयी पदाधिकारीहरुलाई बधाई तथा शुभकामना प्रदान गरिएको छ । नयाँ पदाधिकारीहरुले आज नै पदस्थापना गरेका छन । कार्यक्रममा नव निर्वाचित अध्यक्ष कुँवरले सवै व्यवसायीको एकता र सुदुरपश्चिम प्रदेशको विकासका लागि लाग्ने बताए। 

कमेन्ट लोड गर्नुस