१२५ सिसिको सुजुकी बर्गम्यान स्कुटर धनगढीमा
धनगढीको प्राप्ति अटो इन्टरप्राईजेजले आजदेखी एक सय २५ सिसिको सुजुकी बर्गम्यान स्कुटर बजारमा ल्याएको छ। सुजुकी टु ह्वीलर्सको लागि धनगढीको बिक्रिेता समेत रहेको प्राप्ति अटो इन्टरप्राईजेजले स्कुटरको लञ्च गर्दै कारोवार थालेको हो।
लञ्च अघि स्कुटर सहित धनगढी बजारमा ¥याली पनि निकालिएको थियो। एक सय २५ सिसिको बर्गम्यान स्कुटर नेपालमा उपलब्ध स्कुटर मध्ये सबै भन्दा आकर्षक भएको दावी गरिएको छ। म्याक्सी स्कुटरमा चार इन्चको आकारको ट्युबलेस ठुलो आकारका टायर, ७५ सय आरपिएममा ८ दशमलब ७ बिएचपीको शक्ति उत्पादन गर्ने क्षमताको एक सय २४ दशमलब ३ सिसिको शक्तिशाली इन्जिन जडान गरिएको छ।
पाँच दशमलव ६ लिटर क्षमताको पेट्रोल अटाउने क्षमताको ट्याङकी, एलइडि हेड लाइट, एलइडि टेल ल्याम्प जडान गरिएका छन्। यस्तै एरो डाइनामिक डिजाइन, क्रोम फिनिसिङ, सेन्ट्रल लक प्रणाली, मोबाइल चार्जको लागि युएसबि पोर्ट, पञ्जा राख्ने भाग जस्ता विविध सुविधा पनि स्कुटरमा छन्।
स्कुटर लञ्चीङ कार्यक्रमका प्रमुख अतिथि, कैलाली उद्योग वाणिज्य संघका नव निर्वाचित अध्यक्ष पुष्पराज कुँवर रहेका थिए। कार्यक्रमको विशिष्ट अतिथि उद्योग वाणिज्य संघका नवनिर्वाचित उपाध्यक्ष पुष्कर ओझा, अतिथि नेपालका लागी भी जी सुजुकी कम्पनीका मार्केटिङ म्यानेजर नवराज कोइराला रहेका थिए। कार्यक्रमको अध्यक्षता प्राप्ति अटो इन्टरप्राइजेजका सञ्चालक श्याम ओझाको सभापतिथत्वमा भएको थियो।