महेन्द्रनगर बारको अध्यक्षमा जोशी
२०७८ माघ १३, ०४:३९
महेन्द्रनगरः उच्च अदालत बार एसोसिएशन महेन्द्रनगरको अध्यक्षमा यज्ञराज जोशी 'इजलास' सर्वसम्मत निर्वाचित भएका छन्। यस्तै उपाध्यक्षमा जगबहादुर चौधरी, सचिवमा बीरबहादुर विष्ट, सहसचिवमा त्रिपुरेश्वरी भट्ट र कोषाध्यक्षमा कृष्णदत्त जोशी निर्वाचित भएका छन्।
यस्तै सदस्यहरुमा प्रेमबहादुर चन्द, रोसनलाल चौधरी, बामदेव जोशी र रेवती जोशी चयन भएका छन्।
कमेन्ट लोड गर्नुस