सुदूर नेपाललाई विश्वसँग जोड्दै

नक्कली प्रमाणपत्र पेस गरेर जागिर खाएको भन्दै पूर्वकप्तानविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०७८ माघ १२, ०५:५७ खबर संवाददाता

काठमाडौं: नेपाल राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान तथा हाल महिला विभाग प्रमुख हरि खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

महानगरीय प्रहरी गण नम्बर २, मा दरबन्दी भई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (केन्द्रीय खेलकुद समिति)मा कार्यरत सई खड्काको आईए (प्रविणता प्रमाणपत्र तह) को शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियारमा उजुरी परेको थियो।

उनले माध्यामिक शिक्षा परिषद् बाराणशी, उत्तरप्रदेश भारतबाट जारी भएको शैक्षिक योग्यता (आईएको) को झुठा प्रमाणपत्र पेश गरी सोही प्रमाणपत्रका आधारमा २०५५ कात्तिक १ गते खुला प्रतिस्पर्धाबाट प्रहरी सहायक निरीक्षक (असई) पदमा नियुक्त भएको अख्तियारले जनाएको छ।

कमेन्ट लोड गर्नुस